'बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले घट्यो' | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

‘बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले घट्यो’

काठमाडौं, २१ कात्तिक । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताउनुभएको छ । सोमवार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब पुगेको बताउनु भयो । उहाँले चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको उल्लेख गर्नुभयो । उहाँले चालु आवको पहिलो त्रैमासमा बैंकको कर्जा मात्रै नभएर डिपोजिट समेत धेरै बढ्न नसकेको बताउनु भयो । उहाँले निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भएको दाबी गर्नुभयो । अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको समेत बताउनु भयो । उहाँले लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको बताउनु भयो । उहाँले कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैंकहरुको करिव ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको बताउनु भयो । उहाँले गत वर्ष सोही समयमा करिव ४७ अर्ब बढेको बताउनु भयो । उहाँले २० वटा बैंकको अवस्था हेर्दा एउटा बैक घाटामा,१३ वटा बैंक गत वर्षको भन्दा कम नाफा र ६ वटा बैंकको केही मात्रामा नाफा बढेको बताउनु भयो । उहाँले विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि,उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा पनि देखिएको बताउनु भयो । उहाँले मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएपनि विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताउनु भयो । उहाँले बैंकको खराब कर्जा ३.६१ प्रतिशत पुगे पनि दक्षिण एशियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भएपनि सजग हुनैपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘धेरै समयपछि पहिलो पटक नेपालको बैंकिङ उद्योगको तथा वाणिज्य बैंकहरुको रिजल्ट हेर्दा गत वर्ष भन्दा नाफा घटेको छ । करिव १८.७ विलेनको गत वर्ष मर्ज भएका बैंकहरुलाई समेत हेर्दा थियो । अहिले आएर १३.४७ मिलियनको नाफा भएको छ । त्यो भनेको करिव २८ प्रतिशत बैंकहरुको नाफा घटेको छ । त्योसँगै अन्य सूचकहरुमा पनि नेट इन्टे«ष्ट इन्न्कम पनि खासै बढ्न सकेको छैन । त्यही लेभलमा नै छ । फिइज इन्कममा करिव एक अर्ब जति वृद्धि भए पनि १४ प्रतिशत जति मात्रै हो । कस्ट मोरल लेस त्यही अवस्था छ । मुख्य रुपमा लाने लसको प्रोभिजनल छ । त्यो करिव १६ अर्ब जतिको प्रोभिजन हामीले गरेका छौं । गत वर्षको यही त्रैमासिकमा ७ अर्बको हाराहारीमा थियो । मुख्य असर बैंकहरुको नाफामा प्रोभिजननको कारणले गर्न गएको छ । त्यो बाहेक विजनेश ग्रोथपनि माथि उठ्न सकेको छैन । कात्तिक १७ गतेसम्म हेर्ने हो भने २० वटा वाणिज्य बैंकहरुको करिव ७४ अर्बको कर्जा बढेको छ । १२१ अर्ब जतिको निक्षेप बढेको छ । गत वर्षको कर्जा भन्दा केही बढी हो । गत वर्ष सोही समयमा करिव ४७ अर्ब जतिको भएको थियो । तर बैंकहरुले अपेक्षा गरे अनरुप कर्जा पनि बढ्न सकेको छैन । १२० अर्बको निक्षेप पनि गत वर्षको भन्दा बढी हो । गत वर्ष २२ अर्बले मात्रै बढेको थियो । २० वर्षको अवस्था हेर्दा एउटा बैंक घाटामा गएको छ भने १३ वटा बैंक गत वर्षको भन्दा कम भएको छ । ६ वटा बैंकको केही मात्रामा मार्जिन रुपमा नाफा बढेको देखिन्छ । विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि ,उच्च ब्याजदर सबै खाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको कारण अफ्ठ्यारो परिरहेको छ । त्यसको असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएको देखिएको छ । विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको छ । यसको बाबजुत अझै पनि अपेक्षा अनुसार वृद्धि नहुँदा समग्र निजी क्षेत्रको व्यापारमा शिथिलता हुँदा बैंकहरुमा असर पर्न गएको छ । कर्जा कम हुँदा बैंकहरु सजक हुनु पर्ने अवस्था हो । अहिले बैंकहरुको खराब कर्जाको लेभल ३.६१ जति पुगेको छ । असरमा २.९ रहेको थियो । ३.६१ भनेको ग्रस एनपीए हो । तर एशियाका बैंकहरुसँग तुलना गर्ने हो भने व्यवस्थापन गर्नसक्ने अवस्थामा नै छ ।’

उहाँले स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैंकहरुले काम गरेको बताउनु भयो । उहाँले एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने बताउनु भयो । उहाँले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले आगामी कात्तिक २३ र २४ गते संघले एशियन बैंकर्स कन्फरेन्स आयोजना गर्न लागेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);