काठमाडौं, १९ कात्तिक । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रमहरूमा प्रतिवन्ध लगाएको छ ।
वायु प्रदुषणको अनुगमन गर्ने संस्थानको सिस्टम अफ एयर क्वालिटी एण्ड वेदर फोरकास्टिङ एण्ड रिसर्च (एसएएफएआर) का अनुसार शुक्रवार दिल्लीको समग्र एक्युआई ५०४ मा रेकर्ड गरिएको थियो ।
जुन गम्भीर प्लस श्रेणीमा परेको थियो । जुन हावाको उच्च शतर्कता स्तर हो । आफ्नो एडभाइजरीमा सफारले सबैलाई घरबाहिर सबै शारीरिक गतिविधि नगर्न, प्रदुषण बिरोधी मास्क लगाउन, काठ, मैनबत्ती वा धुप बाल्नबाट जोगिन र धुलो कम गर्न कोठा सफा गर्न आग्रह गरेको छ ।
दिल्ली विश्वको सबैभन्दा प्रदुषित सहरको सूचीमा परेको छ । दिल्लीका अधिकारीहरूले बढ्दो प्रदुषणको लागि छिमेकी राज्यहरू पञ्जाव र हरियाणामा पराल जलाउनु रहेको बताएका छन्