सवारी दुर्घटनामा नविना लामासहित ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८१, बुधवार

सवारी दुर्घटनामा नविना लामासहित ११ जना घाइते

काभ्रे,१३ कात्तिक । नेकपा एमालेका नेतासहित सवार गाडी आइतबार काभ्रेमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नम्बरको १८ जना सवार बोलेरो बेथानचोक–१ मा दुर्घटनामा परेको हो।

केन्द्रीय सदस्य र पूर्वसांसद नविना लामासहित घाइते हुनेमा स्याङ्जाको पुतलीबजार–५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका १३ वर्षीय छोरा शुभम श्रेष्ठ, ५ वर्षीय छोरा सुरज श्रेष्ठलगायत छन् । उनीहरूको उपचारका लागि धुलिखेल अस्पताल भइरहेको छ ।

लामाको टाउको र बायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अन्य घाइते हुनेमा खानीखोला गाउँपालिका–५ की ४० वर्षीया रचना मगर, उनकी १६ वर्षकी छोरी इन्जिला सोडारी, दोलखाको कालिन्चोजक गाउँपालिका–३ की ३२ वर्षीया मिना श्रेष्ठ, सोही ठाउँका ३५ वर्षीय गोविन्द श्रेष्ठ, खानीखोला गाउँपालिका–६ का ३५ वर्षीय दिपेन्द्र राना, पाँचखाल नगरपालिका–१२ की ३५ वर्षीय भक्तकुमारी लामा र बेथानचोक गाउँपालिका–१ का ७४ वर्षीय सिङ्त्तान तामाङ रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);