इजरायलमा मृत्यु भएका नेपालीहरुप्रति परराष्ट्रमन्त्रीद्धारा श्रद्धान्जली अर्पण | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

इजरायलमा मृत्यु भएका नेपालीहरुप्रति परराष्ट्रमन्त्रीद्धारा श्रद्धान्जली अर्पण

काठमाडौं, ५ कात्तिक । द्धन्द्धग्रस्त इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ३ जनाको शव आज नेपाल आइपुगेको छ ।

तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर ४ जनाको शव एकैपटक आज दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाइने भनिएकोमा दिपेशराज विष्ट, नारायणप्रसाद न्यौपाने र लोकेन्द्रसिंह धामीको शव बिहानै काठमाडौं आइपुुगेको हो । आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने जनाइएको छ ।

शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद,नेपालका लागि इजरायली राजदुत हाना गोडरलगायत अधिकारीहरु पुगेर श्रद्धान्जली अर्पण गरेका छन् । सम्पर्कविहीन रहेका विपिन जोशीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);