काठमाडौं,२ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी ०८४ मा कुनै दलसँग पनि गठबन्धन नहुने प्रष्ट पारेका छन् । थापाले ०८४ को चुनावमा कसैले गठबन्धन गरेमा कांग्रेस फुट्न सक्ने पनि ठोकुवा गरेका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले आयोजना गरेका शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै थापाले नेतृत्वलाई खबरदारी गरेका हुन् । गत निर्वाचनमा पहिलो पार्टी बनेको कांग्रेसको अहिले चारैतिर रुवाबासी रहेको समेत स्पष्ट पारेका छन् ।
गठबन्धन गएर कांग्रेसले गल्ती गरेको भन्दै थापाले निर्वाचन अघिसम्म गठबन्धनले पार्टीलाई जरासम्म कुहाउने उनको तर्क थियो । थापाले सरकारका कामप्रति पनि असन्तुष्टि जनाए ।