काठमाडौं, २ कात्तिक । ब्रुनाइका अधिकांश स्थानमा मंगलवार विद्युत अवरुद्ध भएको छ । ब्रुनाइको मुआरा जिल्ला, टुटोङ जिल्ला र प्राथमिक तेल, ग्यास उत्पादन षेत्र क्वाला बेलैत जिल्लाहरुम विद्युत अवरुद्ध भएको हो ।
विद्युत सेवा विभागले विद्युत अवरुद्धका कारण देशका विभिन्न स्थानमा असर पुगेको बताएको छ । विद्युत अप्रत्याशित रुपमा कटौति भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् ।
विद्युत अवरुद्धका कारण व्यापारिक भवन, व्यापार, शैक्षिक संस्था, अस्पताल र यातायात प्रभावित भएको छ । सरकारले यस विषयमा चाँडो अध्ययन गर्न र विद्युत परिपूर्ति गर्न निर्देशन दिएको छ ।