काठमाडौं, १८ असोज ||
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानूनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानून बनाउनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरित र कानूनको छिद्रबाट कैद मिनाहा गरिएको भन्दै सरकारको यस कदमको बिरोध गर्नुभएको हो ।
उहाँले सरकारले बद्नियतका साथ निर्णय गरेको बताउनु भयो । उहाँले गम्भिर अपराधमा दोषि ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताउनु भयो । सार्वजनिक रुपमा प्रश्न उठेको भन्दै उहाँले यसको जवाफ सरकारले दिनैपर्ने बताउनु भयो । सांसद थापाले कानूनको छिद्रबाट यस्तो प्रकारको माफी दिइने गरेको भन्दै कानूनी छिद्र टाल्नुपर्ने बताउनु भयो । यसको लागि अपव्याख्या नहुनेगरी एकीकृत कानून बनाउनुपर्ने बताउनु भयो ।
उहाँले फागुन ७ गतेभन्दा अगाडी नै कानून बनाउनुपर्ने र त्यसपछि यस्तो घटना दोहोरिन दिनु नहुने बताउनु भयो ।