नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु जारी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु जारी

काठमाडौं, १७ असोज । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले जारी गरेको अनिश्चितकालिन कर्फ्यु आज पनि जारी छ । दुई समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि मंगलबार दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

कर्फ्यु जारी भएसँगै सेनापरिचालन गरिएको छ । बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् । नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै मंगलबार सद्भाव ¥यालीसमेत निकालियो ।

सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);