दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यकः वर्षमान पुन | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यकः वर्षमान पुन

काठमाडौं, १५ असोज ||
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौति रहेको बताउनुभएको छ ।सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई सबै राजनीतिक पार्टीहरु मिलेर टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताउनु भयो । नेता पुनले स्थायी शान्ति र दीर्घकालीन वातावरणमा लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);