काठमाडौं, १५ असोज । अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१।७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।
राष्ट्र बैङ्कबाट खरिद गरिएको १०३,७७३।१ ग्राम सुनमध्ये शुद्ध सुन १०२,६१४।० ग्राम देखिन आएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०६,४३२।५ ग्राम सुनको शुद्ध सुनमध्ये १००,०८५।९ ग्राम र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०३७।५ ग्राम सुनको शुद्ध सुन ९६२।६ ग्रामसमेत गरी जम्मा तौल सुन १०७,४७०।० ग्राममा शुद्ध सुन १०१,०४८।५ ग्राम मात्र रहेको देखिन आएको अख्तियारको ठम्याइ छ।
नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिएको १०३,७७३।१ ग्राम सुनको शुद्ध सुन १०२,६१४।० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा रुद्रगाडेश्वरमा बाँकी रहेको सुनसमेत शुद्ध सुन १०१,०४८।५ ग्राम सुन घटाउँदा १,५६५।६ ग्राम सुनको परिमाणमा अन्तर ९फरक० देखिएकाले उक्त अन्तर देखिएकोमा नेपाल राष्ट्र बैङ्कले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार हुने ०।०७२५ ले हुन आउने ७३।८८२०८ ग्राम सुन घटाउँदा बाँकी हुन आउने १,४९१।७१८ ग्राम ९एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम० सुन हिनामिना भएको अख्तियारको दाबी छ।




