बिरामी भर्ना गरी जाँच गर्ने तनहुँका दुई मेडिकल सञ्चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

बिरामी भर्ना गरी जाँच गर्ने तनहुँका दुई मेडिकल सञ्चालक पक्राउ

काठमाडौं, १२ असोज । बिरामीलाई भर्ना गराएर जाँच गर्ने २ मेडिकल सञ्चालकहरु पक्राउ परेका छन् । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर बिरामी भर्ना गरी उपचार सेवा दिएका तनुहँको दमौलीका २ मेडिकल हलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

ब्यास नगरपालिका ३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हलका सञ्चालक विष्णुकुमारी गरौजा र मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक चन्द्रबहादुर चौधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रसाशन कार्यालय, ब्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रजुन थापा मेडिकलहलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गर्दै इन्जेक्सन मार्फत उपचार गरेर र मित्रत्रा मेडिकलले डाक्टर नभएको आफै औषधी सिफारिस गरेको, डेगु संक्रमित बिरामीलाई इन्जेक्सन , ट्याब्लेट र एन्टिबायोटिक्सको माध्यमबाट उपचार गराएको आरोप लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);