काठमाडौं, ३ माघ । सोनाम ल्होछारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयका प्रवक्ता नारायण दुवाडीका अनुसार तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरिएको हो । तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायले सरकारले दिँदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए ।
तामाङ समुदायले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४ औँ सोनाम ल्होछार भोलि मनाउने छन् ।