२१ बैशाख, काठमाडौ । सत्ता साझेदार नेपाली कांगे्रस र माओबादी केन्द्रबीच तीन वटा महानगरमा चुनावी तालमेलको सहमति गरेको छ ।
पर्टीकार्यालय सानेपामा बसेको कांगे्रस पदाधिकारी बैठकले सो निर्णय गरेको हो । नेपाली कागे्रस र माओबादी केन्द्रको सहमति अनुसार काठमाडौं र पोखराको मेयरमा माओबादीले कागे्रसलाई सघाउने छ भने चितवनको भरतपुरमा काग्रेसले माओबादीलाई सघाउने निर्णय गरेको महामन्त्री शशांक कोईरालाले जानकारी गराउनुभयो । साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय भएकाले त्यस अघि टुङगो लाग्ने नेताहरुले बताएका छन् ।