‘एनएमए नेशनल हेल्थ समिट २०२३’ असोज १२ र १३ गते | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

‘एनएमए नेशनल हेल्थ समिट २०२३’ असोज १२ र १३ गते

काठमाडौं, ८ असोज । नेपाल चिकित्सक संघको आयोजनामा काठमाडौंमा तेस्रो ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हुने भएको छ ।

संघले आईतवार पत्रकार सम्मेलनको आयोजना गरेर असोज १२ र १३ गते काठमाडौंमा ‘एनएमए नेश्नल हेल्थ समिट’ गर्न लागेको जानकारी दिएको हो । समिटको नारा ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्र्धनः अवसर र चुनौति’ रहेको छ । पत्रकार सम्मेलनमा बौल्दै संंघका महासचिव डा.सञ्जीव तिवारीले दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तनका बारेमा छलफल हुने बताउनु भयो । त्यस्तै सम्मेलनमा स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा नीतिगत विचार विर्मस मार्फत सैद्धान्तिक बहस हुने पनि बताउनु भयो । उहाँले सम्मेलनमा ६ वटा सेसनहरु राखिएको जानकारी दिनुभयो । उहाँले सम्मेलनका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तिब्रताका साथ अगाडी बढाएको बताउनु भयो । उहाँले देशभरका स्वास्थ्यकर्मीहरु, चिकित्सकहरु, नीति निर्माण तहमा संलग्न अधिकारीहरु, स्वास्थ्यसँग सम्बन्धी सम्पूर्ण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्था लगायतलाई समिटमा उपस्थित हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस वर्ष संघको सम्मेलन आयोजक समितिका अध्यक्ष प्रा. डा. चोपलाल भुसाल र उहाँको टीम, साइन्टिफिक कमिटीका अध्यक्ष डा.सरोजा पाण्डे कार्की, यस सम्मेलनको आयोजक सचिव एवं जर्नल अफ नेपाल मेडिकल एकोसिएसनका प्रमुख सम्पादक डा. एञ्जल मगर र उहाँको टीम सम्पूर्ण चिकित्सकज्युहरुको अथक प्रयास, सम्मेलन आयोजक समितिले तयार गरेको बैज्ञानिक कार्यक्रमहरु तथा सम्पूर्ण सहयोगी संघ संस्थाहरुको अतुलनिय सहयोग, समन्वय र सहकार्यका कारण भौतिक उपस्थितिमा सम्मेलनलाई भव्यताकासाथ आयोजना गर्ने अन्तिम चरणमा पुगेको व्यहोरा यहाँहरुलाई निवेदन गर्दछौं । उक्त सम्मेलनका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तिब्रताका साथ अगाडी बढाइरहेको व्यहोरा निवेदन गर्दछौं । यस वर्षको मुख्य सन्देश “गुणस्तरीय स्वास्थ्य सेवा प्रवद्र्धनः अवसर र चुनौति” रहेको छ । त्यसैगरी हामीले नीतिगत विचार विर्मस मार्फत सैद्धान्तिक बहसका लागि निम्न पुरक सन्देश छनौट गरेका छौं । दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषयमा नीतिगत विचार विर्मसमार्फत सैद्धान्तिक बहस हुनेछ । सम्मेलनको समापन पश्चात् वैज्ञानिक रुपमा प्रश्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमुलक नीतिगत सुझाव गत वर्ष जस्तै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने व्यहोरा समेत जानकारी गराउँदछौं । यस सम्मेलनको मुख्य सन्देशमा विश्व स्वास्थ्य संगठनका विषय विज्ञले प्रश्तुती दिने कार्यक्रम तय गरिएको छ भने अन्य पुरक सन्देशका लागि प्रबुद्ध बर्गहरु, नीति निर्मातामा विशेष योगदान पु¥याउनु भएका आदरणीय अग्रज व्यक्तित्वहरु, तथा विषय विज्ञहरुको प्रत्यक्ष संलग्नता रहने व्यहोरा समेत निवेदन गर्दछौं । अब केबल ५ दिन मात्र बाँकी रहेकोले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मीहरु, चिकित्सकज्युहरु, नीति निर्माण तहमा संलग्न उच्च पदस्थ अधिकारीज्यूहरु लागयत स्वास्थ्यसँग सम्बन्धी सम्पूर्ण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरु, विभिन्न फार्मासिउटिकल्स कम्पनीहरु, हाम्रो यस सम्मेलनलाई विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय दाताज्युहरु, सहयोगी संघ संस्थाहरुको गरिमामय उपस्थितिका लागि पुनः हार्दिक अपिल गर्दछौं । ’

समिटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रणनितिक सुझाव पेश गर्न सुझाव दिने अपेक्षा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);