चार संसदीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

चार संसदीय समितिको बैठक आज

काठमाडौं, ७ असोज । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमबीबीएस ध्ययनरत एवं अनसनरत विद्यार्थीहरुको समस्याका सम्बन्धमा त्रि.वि. उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने अर्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरुसँग छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);