सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेपछि... | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेपछि…

काठमाडौं,२ असोज । सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको हो।

पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एकटिभ गराई पीडितको बैंक खाताबाट बिभिन्न बैंक खाता तथा वालेटहरुमा पटक–पटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाएको जनाएको छ ।

Leave a Reply