काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उपाध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीले संविधान सभा अध्यक्ष नेम्वाङको स्मृतिमा संविधान दिवसको पूर्वसन्ध्यामा गोष्ठीको आयोजना गर्न लागेको हो ।
‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको नाम दिइएको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्ने बुझिएको छ । सो कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु वक्ताको रुपमा रहने जनाइएको छ । नेम्वाङको प्रदेश कोशीको गोष्ठी इलाममा हुने भएको छ ।
इलाममा रामबहादुर थापा प्रमुख वक्ताको रुपमा जादैछन्। लुम्बिनीमा युवराज ज्ञवाली, मधेमा ईश्वर पोखरेल,गण्डकीमा अष्टलक्ष्मी शाक्य, कर्णालीमा सुरेन्द्र पाण्डे र सुदुुरपश्चिममा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ताको रुपमा तोकिएका छन् ।