नेपालीले पत्ता लगाए ‘इबोला’ को औषधि | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

नेपालीले पत्ता लगाए ‘इबोला’ को औषधि

ebola

बागलुङ,३ माघ । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा. सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा . खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् ।

दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागेको डा. खड्काले बताए । तीमध्ये एउटा बेन्जोक्विन अनलाइन दभलशयत्रगष्लयष्लिभ समूहको औषधिको विस्तृत अध्ययन भएको छ ।
‘अन्य भाइरसको भन्दा इबोला भाइरसको औषधि खोज अध्ययन १० गुणा बढी चुनौतीपूर्ण थियो तर हाम्रो टिम अध्ययनमा सफल भएको छ । थप औषधि पनि विकासकै क्रममा छन्’, उनले टेलिफोनमा भने, ‘यो औषधि हालै संसारमा भयभीत बनाइरहेको अर्को जीका भाइरसविरुद्ध पनि प्रभावकारी देखिएको छ ।’

यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर, बजारमा आउनुभन्दा पहिले यो औषधिको प्रयोग गर्ने विधि, औषधिको मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान सुरु भएको छ । उनका अनुसार यो प्रक्रिया सकिएर इबोलाको औषधि सर्वसुलभ हुन अझै केही वर्ष लाग्नेछ ।यो आविष्कारले फेरि इबोलाको महामारी फैलियो भने त्यसको रोकथाममा महत्वपूर्ण योगदान पु¥याउने विश्वास अनुसन्धानमा संलग्न वैज्ञानिक टोलीले लिएको छ ।

संसारकै खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधि छैन । अत्यन्तै चाँडो सर्ने यो रोगले केही दिनमै महामारीको रूप लिन सक्छ ।थुप्रै स्वास्थ्यकर्मीको समेत बिरामीको उपचार गर्ने क्रममा यो रोग सरेर मृत्यु भएको छ । त्यसैले यो रोग लागिहालेमा उपचार गर्नसमेत कोही स्वास्थ्यकर्मी अगाडि सर्दैनन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);