काठमाडौं, २४ भदौ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलिय बैठक बसेको हो ।
आजको बैठक दाहालको आसन्न चीन भ्रमणमा केन्द्रीत रहेको बुझिएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने र उतैबाट भ्रमणका लागि चीन जाँदैछन् ।
भ्रमणको तयारी र एजेण्डाबारे जानकारी गराउन दाहालले सर्वदलिय बैठक बोलाएका हुन् । पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीहरु लगायतको उपस्थिति रहेको छ ।




