युवालाई बीपीसँग जोड्ने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

युवालाई बीपीसँग जोड्ने प्रयास

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसले बीपी जयन्तीको अवसरमा पहिलोपटक साहित्य महोत्सवमार्फत् युवालाई विश्वेश्वरप्रसाद कोइराला (बीपी)सँग जोड्ने प्रयास गरेको छ । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता कोइरालाको १११ औं जन्मजयन्ती अवसरमा पार्टीले पहिलोपटक उहाँको साहित्य र राजनीतिका विविध पक्षमा युवा पुस्तामाझ बृहत् बहस गराउने जमर्को गरेको छ ।

भदौ २४ गतेदेखि २६ सम्म सञ्चालन हुने बीपी साहित्य महोत्सवको कार्यतालिका सार्वजनिक गर्दै शनिबार नेपाली कांग्रेसका सहमहामन्त्री एवं बीपी साहित्य महोत्सव मूल तयारी समितिका संयोजक बद्री पाण्डेले बीपी स्मृति साउन ६ र बीपी जयन्ती भदौ २४ मा पार्टीका सबै तहका नेता कार्यकर्ताहरूबीच उहाँको विचारमाथि बृहत्त बहस गर्ने अभियानको थालनी भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बीपीको व्यक्तित्व जसरी बहुआयामिक छ, यो महोत्सवमा त्यसैगरी बहुआयामिक क्रियाकलापहरूको आयोजना गर्दैछौैं ।’

बीपी र लोकतन्त्रसँग जोडिएका दुईवटा चलचित्र ‘वीर गणेशमान’ र ‘तीन घुम्ती’ प्रदर्शन गरिने जानकारी दिँदै महोत्सव तयारी समितिका सदस्य मनोजमणि आचार्यले भन्नुभयो– ‘योसँगै बीपीका राजनीतिक, साहित्यिक र उहाँको प्रजातान्त्रिक समाजवादको वैचारिक पक्षमा समेत व्यापक बहस हुनेछ।’

महोत्सवमा जवाहरलाल नेहरू विश्वविद्यालय ९जेएनयू०का विशिष्ट प्राध्यापक आनन्द कुमारले ‘माक्स, गान्धी एन्ड बीपी ः क्वेस्ट फर डेमोक्रेटिक सोसलिजम टुडे’ शीर्षकमा आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ । तयारी समितिका अनुसार तीन दिनसम्म चल्ने उक्त महोत्सवको पहिलो दिन उद्घाटनसहित ८ वटा सत्र रहने छ । जसमा बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टिमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझलाई समेटिएको छ ।

दोस्रो दिन माक्र्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, युवा स्रष्ठामा बीपी पठन र गजल साँझ रहेका छन् । यस्तै, अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांगीतिक साँझ रहेको आयोजकले जनाएको छ ।

वरिष्ठ कवि, साहित्यकार तथा पार्टीका नेताहरू सम्मिलित साहित्य महोत्सव आयोजक समितिमा कवि तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, डा। नवराज लम्साल, डा। रत्नमणि नेपाल, डा। शैलेन्द्रप्रकाश नेपाल, पुष्पा भुसाल, मीन विश्वकर्मा, डा। डिला संग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, नैनसिंह, राजीव ढुंगाना, प्रकाश रसाइली, प्रा। डा। गोविन्दराज पोखरेल, नानु बाँस्तोला, उर्मिला थपलिया, इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, सबुज बानियाँ, मनोजमणि आचार्य, डिल्लीराम सुवेदीलगायत रहनुभएको छ । कांग्रेसले बीपीलाई कांग्रेसभित्र मात्रै सीमित नगरेर लोकतान्त्रिक विचारका रूपमा स्थापित गराउन खोजेको नेताहरूले बताएका छन् । समचारपत्र

Leave a Reply

ताजा समाचार