बीपीलाई बुझ्न नसक्दा राजसंस्था नागार्जुनको जंगलमा थन्कियो : महामन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

बीपीलाई बुझ्न नसक्दा राजसंस्था नागार्जुनको जंगलमा थन्कियो : महामन्त्री शर्मा

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् ।

४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार स् बीपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

शर्माले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए । त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त भएको उनको दाबी छ ।

उनले बीपी कोइरालालाई बुझ्ने सवालमा नेपालमा धेरै नै कमजोरी भएको उल्लेख गरे ।‘बीपी कोइरालालाई सही मानेमा जति चाँडो जति सही मानेमा बुझ्न सकिन्छ, त्यति चाँडो देशको उन्नतिलाई सहज बनाउन सकिन्छ ।

बीपी कोइरालालाई बुझ्ने सवालमा, बीपी कोइरालालाई चिन्ने सवालमा, विपी कोईरालालाई आत्मसात गर्ने सवालमा नेपालको भिन्न(भिन्न शक्तिहरूबाट कमजोरी भएको छ’, महामन्त्री शर्माले भने, ‘हामीबाट भएको एउटा कमजोरी छ, नेपालको कम्युनिष्ट आन्दोलनले बीपी कोइरालालाई बुझ्ने सवालमा अर्को कमजोरी छ । राजसंस्थाले, राजाहरूले गर्ने कमजोरीको अर्को पाटो छ ।’नेपाली कांग्रेसले पनि बीपीलाई उचित ढंगले बुझ्न नसकेको र नेपालका कम्युनिष्ट पार्टी र राजसंस्थाबाट पनि बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनको भनाइ छ।

Leave a Reply