एसियाकप क्रिकेट खेल्ने नेपालको सपना पुरा हुदै, आज पहिलोपटक पाकिस्तानसंग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

एसियाकप क्रिकेट खेल्ने नेपालको सपना पुरा हुदै, आज पहिलोपटक पाकिस्तानसंग भिड्दै

काठमाडौं,१३ भदौ । नेपाली क्रिकेट इतिहासमा आज सबैभन्दा महत्वपूर्ण दिन हो । पाकिस्तानसंग मैदानमा उत्रिँदा एसियाकप क्रिकेट खेल्ने नेपालको सपना पुरा हुदैछ । एसिया कप क्रिकेटको सपना पुरा गर्दै नेपालले आज २ पटकको विजेता तथा विश्व वरियताको एक नम्बरमा रहेको पाकिस्तानसँग खेल्न लागेको हो । सन् २००५ मा एसिया कप खेल्ने मौका जुरे पनि कार्गिल युद्धको कारण हुन नसकेपछि नेपालको सपना आज पुरा हुने भएको हो । यहि प्रतियोगितामार्फत भारतसँग क्रिकेट खेल्ने नेपालको लक्ष्य पनि पुरा हुनेछ ।

एसिया कप २०२३ को पहिलो खेलका लागि पाकिस्तानले प्लेइङ ११ सार्वजनिक गरेको छ ।

पाकिस्तानले नेपालविरुद्धको खेलका लागि बाबर आजमको कप्तानीमा प्लेइङ ११ घोषणा गरेको हो । टिममा सहदाब खान ९उपकप्तान०, फकर जमान, इमाम उल हक, सलमान अली आघा, इफ्तिकर अहमत, मोहम्मद रिजवान, मोहम्मद नवाज, नसिम साह, साहिन साह अफ्रिदी र हरिस राउफ छन् ।

बुधबार नेपाल र पाकिस्तानबीच खेल हुनेछ । भर्खरै विश्व वरियताको पहिलो स्थानमा पुगेको पाकिस्तानसँग उसैको मैदानमा खेलेर नेपालले एशियाकप क्रिकेटको सुरुवात गर्ने छ । नेपालले भने भोली मात्र प्लेइङ ११ सार्वजनिक गर्ने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);