समाजवादी मोर्चाको आज बुटवलमा विशाल सभा,प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

समाजवादी मोर्चाको आज बुटवलमा विशाल सभा,प्रचण्डसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, १२ भदौ । समाजवादी मोर्चाले आज बुटवलमा विशाल सभाको आयोजना गर्दैछ । दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राज किशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

मोर्चाको भोलि १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा सभाहरू गर्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);