आर्थिक वर्षको पहिलो महिना साउनमा विनियोजन बजेटको दुई दशमलव एक प्रतिशत खर्च | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

आर्थिक वर्षको पहिलो महिना साउनमा विनियोजन बजेटको दुई दशमलव एक प्रतिशत खर्च

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विनियोजन बजेटको दुई दशमलव एक प्रतिशत खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले बजेटको दुई दशमलव एक प्रतिशत ३५ अर्ब १७ करोड ९० लाख बराबर खर्च गरेको छ। यही अवधिमा सरकारको राजस्व भने ८८ अर्ब १३ करोड ९० लाख अथार्त वार्षिक लक्ष्यको करिब छ प्रतिशत संकलन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको बजेट ल्याएको छ ।

जसमध्ये चालुतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पूँजीगततर्फ चार खर्ब ७१ अर्ब छ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख छुट्याइएको छ । एक महिनामा चालु र पूँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ २२ अर्ब सात करोड ८१ लाख खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशत हो ।

पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ ७० अर्ब १७ करोड ५२ लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ३८ प्रतिशत र गैरकर राजस्वतर्फ आठ अर्ब ६९ करोड ८९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको सात दशलमव ४३ प्रतिशत बराबर सङ्कलन भएको छ। महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको छैन ।

Leave a Reply