कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइनः प्राधिकरण | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइनः प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ ।

प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिवन्ध लगाएको स्पष्ट पारेको हो ।

प्राधिकरणले कर्णालीका विमानस्थलहरुमा पूर्णरुपमा हवाई उडान प्रतिवन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्युनिकरण गर्नका लागि यस्तो निर्णय गरेको बताउनु भयो ।

उहाँले विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको बताउनु भयो । उहाँले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताउनु भयो। उहाँले मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधँैभरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको बताउनु भयो। उहाँले भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताउनु भयो ।

उहाँले कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताउनु भयो। उहाँले प्राधिकरणले पुरानो नियमलाई सुरक्षाको लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउने भएकाले निर्णय गरेको बताउनु भयो। उहाँले दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था आएको भन्दै हवाई उडानबाट मान्छेहरु मर्न नपरोस् भनेर जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको दाबी गर्नुभयो। उहाँले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान हवाई क्षेत्रको रहेको त्यो पनि हिमाली उडानको भएको बताउनु भयो। उहाँले माउण्टेन उडानलाई नेपालले विश्वमा बद्नाम हुनबाट जोगाउनको लागि हवाई दुर्घटना न्युनिकरण गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले हवाई दुर्घटना न्युनिकरणका लागि भिएफआर र आइएफआरका नियमहरु कडाईका साथ लागू गर्न आवश्यक रहेको बताउनु भयो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो । उक्त निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छन् । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);