काठमाडौं,३२ साउन । सर्वोच्च अदालतले टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । तराई–मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टिकापुरमा आठ वर्षअघि एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे अन्तिम फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो ।
हत्याकाण्डबारे अन्तिम फैसला गत जेठ २ गते न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको थियो।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गणतन्त्र दिवसको अवसर पारेर १५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय माफ पाएका थिए । चौधरीमाथिको जन्मकैदको माफी मिनाहालाई अदालतले गम्भिर प्रश्न उठाएको छ ।
टिकापुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनी व्याख्या गरेको हो । चौधरीलाई भने सरकारले सर्वोच्चको फैसला लगतै आममाफी दिएर रिहा गरिसकेको छ ।
हेर्नुहोस् २३० पृष्ठ लामो सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ