काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
नेप्से आज २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेको छ । नेप्से ०.९९ प्रतिशतले घटेको हो ।
मंगलबारको तुलनमा आज कारोबार रकम पनि घटेको छ । आज १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६ सय २३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।