एजेन्सी,३० साउन । हिमाचल प्रदेश र उत्तराखण्डमा वर्षाका कारण मानिसहरू समस्यामा परेका छन् । लगातारको भारी वर्षाका कारण हिमाचलमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।
उत्तराखण्डमा पहिरोका कारण ठूलो जनधनको क्षति भएको खबर छ । मौसम पूर्वानुमान महाशाखा (आईएमडी)ले आगामी केही दिनसम्म दुवै राज्यमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।
हिमाचल प्रदेशमा सोमबारको पानीले विनाश जारी राखेको छ । अहिलेसम्म कम्तिमा ६० जनाको मृत्यु भएको छ ।
शिमलामा पहिरोमा पुरिएर यी मध्ये नौ जनाको मृत्यु भएको हो । शिमलाको समर हिल इलाकामा रहेको शिव मन्दिरको भग्नावशेषमा धेरै मानिस दबिएको आशंका गरिएको छ ।
साउन महिना भएकाले दुर्घटना हुँदा मन्दिरमा भक्तजनको भीड लागेको थियो ।




