युक्रेनमा रुसी आक्रमणमा सातको मृत्यु, ६७ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

युक्रेनमा रुसी आक्रमणमा सातको मृत्यु, ६७ घाइते

एजेन्सी, २८ साउन । युक्रेनमा रुसको आक्रमण जारी छ । रुसी सेनाले पूर्वी युक्रेनको पोक्रोभस्क शहरमा आक्रमण गर्दा सात जनाको मृत्यु भएको थियो ।युक्रेनका गृहमन्त्री इगोर क्लिमेन्कोका अनुसार दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् । मारिनेमा डोनेट्स्क क्षेत्रका एक उच्च पदस्थ आपतकालीन अधिकारी पनि रहेको क्लिमेन्कोले बताए ।

रुसले आवासीय भवनमा आक्रमण गरेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । उनले माथिल्लो तला ध्वस्त भएको भवनको भग्नावशेष हटाउन घाइते र उद्धारकर्मीहरूलाई सहयोग गर्ने नागरिकको भिडियो सामाजिक सञ्जालमा साझा गरे । फुटेजले दोस्रो भवन पनि देखाउँछ, जुन ठूलो क्षति भएको देखिन्छ।

रुसले हालै पोक्रोभस्कको १५० किलोमिटर उत्तर र उत्तरपूर्वी युक्रेनको सीमाबाट तीन किलोमिटर कुपियान्स्कतर्फ अघि बढेको बताएको छ । सेप्टेम्बरमा युक्रेनी सेनाले खार्किभ क्षेत्रमा कुपियान्स्क र यसको वरपरका क्षेत्रहरू पुनः कब्जामा लिएका थिए, तर रुसले यस क्षेत्रमा आफ्नो आक्रमण पुनः सुरु गरेको छ ।

युक्रेनले शनिबार रुसले कुप्यान्स्क नजिकैको क्रुग्ल्याकिभकामा रहेको रक्तसञ्चार केन्द्रमा हवाई आक्रमण गरेको र दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको बताएको छ । खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभका अनुसार रुसले चार गाईडेड एरियल बम प्रहार गरेपछि सोमबार क्रुग्ल्याकिभकामा थप दुई जनाको मृत्यु भएको छ ।

युक्रेनले साउदी अरबमा भएको शान्ति शिखर सम्मेलनपछि आफू ‘सन्तुष्ट’ रहेको बताएको छ । यस सम्मेलनमा रुसलाई आमन्त्रण गरिएको थिएन । जेद्दाहमा भएको सप्ताहन्त शिखर सम्मेलनमा चीन, भारत, संयुक्त राज्य अमेरिका र युक्रेनलगायत करिब ४० देशका प्रतिनिधिहरू सहभागी भएका थिए ।

 

Leave a Reply