काठमाडौं, २३ साउन । यतिबेला काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । केही स्थानमा पहिरोले सडक अबरुद्ध गराएको छ भने कतिको घर बगाएको छ ।
बाग्मती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग महाशाखाले नदीको जलसतह बढ्दो रहेकाले बागमतीको नदी तटिय क्षेत्रमा आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन एक सूचना जारी गर्दै आग्रह गरेको हो ।