‘त्रिविको शैक्षिक सुधारमा प्रधानमन्त्री आफैँ प्रतिवद्ध हुनुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

‘त्रिविको शैक्षिक सुधारमा प्रधानमन्त्री आफैँ प्रतिवद्ध हुनुपर्छ’

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक सुधारका लागि प्रधानमन्त्री आफैँ प्रतिवद्ध र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

नेकपा एमालेकी सांसद विद्या भट्टराई, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीर्की सांसद सुमना श्रेष्ठले त्रिविमा सुधार ल्याउन प्रधानमन्त्री र प्रमुख राजनीतिक पार्टीहरु आफैँ प्रतिवद्ध र जिम्मेवार भएर लाग्नुपर्ने आवश्यक्ता औंल्याउनुभएको हो । पूर्वशिक्षामन्त्री समेत रहनुभएका माओवादी केन्द्रका सांसद पौडेलले त्रिविमा तत्काल सुधार नआए निकट भविष्यमै विद्यार्थी विहीन हुने अवस्था आउन सक्नेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो । शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उहाँले परीक्षा प्रणालीमा सुधार गर्न र शैक्षिक क्यालेन्डर लागू गराउने काममा विशेष ध्यान दिन त्रिवि पदाधिकारीहरुको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रश्नपत्र दोहोरिन्छन । हाम्रो विश्वविद्यालय राम्रा छैनन् । सबैले त्यही कुरा सुनेका छन । मैले क्षमा माग्दै भन्न चाहन्छु । अनि १७ महिनासम्म हामीले रिजल्ट दिन सकेको छैनौं । प्लस टु पढेको विद्यार्थीले मैले यो समयमा परीक्षा दिन्छु । त्यसपछि मैले यो तहमा पढछु । त्यसपछि आएर शिक्षा सेवा आयोग वा लोकसेवा आयोगमा जाँच दिन्छु । अथवा विश्वविद्यालय सेवा आयोगमा प्रवेश गर्छुु । इक्जाम दिन्छु, प्रतिस्पर्धा गर्छु भन्ने चित्र छैन । त्यसो भएको हुनाले निकै नेगेटिभ हाम्रा विश्वविद्यालयहरु व्यवस्थित छैनन्, हाम्रो प्रणाली व्यवस्थित छैन भन्ने कुरा आम रुपमा गएको छ । पहिलो कुरा यसलाई सुधार गर्नु पर्छ । र, सक्ने कुराहरु परीक्षा प्रणालीमा सुधार । यो अरु कसैले रोकेर रोकिने विषय होइन । तपाईहरुको सक्रियतामा, तपाइहरुको पर्यत्नमा त्रिभुवन विश्वविद्यालयको सिनेटमा निर्णय गरेर गर्न सकिने कुरा हो । परीक्षा प्रणालीमा सुधार गर्न म अनुरोध गर्न चाहन्छु । शैक्षिक क्यालेण्डर लागू गर्नुस् । कसैले छेकेको छैन । छेक्यो भने भन्नुस् । गृह प्रशासनलाई अनुरोध गर्नुस, सिडियोलाई अनुरोध गर्नुस् । तर शैक्षिक क्यालेण्डर लागू गर्नुपर्छ ।’

एमालेकी सांसद विद्या भट्टराईले कुलपति भएकाले त्रिविको सुधारका लागि प्रधानमन्त्री आफैँ प्रतिवद्ध भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेस, एमाले र माओवादी केन्द्रले पनि त्रिविको सुधारका लागि उत्तिकै जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

सांसद भट्टराईले भन्नुभयो, ‘सबैभन्दा पहिला विश्वविद्यालय बनाउने हो भने प्रधानमन्त्री प्रतिवद्ध हुनुप¥यो । किनकी कुलपति प्रधानमन्त्री हो । सहकुलपति शिक्षामन्त्री हो । त्यसपछि उपकुलपतिमा आउँछ जस्तो लाग्छ मलाई । राजनीतिक दलको कुरा गर्दा काँग्रेस, एमाले र माओवादीले गर्नुप¥यो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिविको सुधारका लागि तत्काल पाठ्यक्रममा सुधार गर्न पनि त्रिवि पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले शैक्षिक जनशक्तिको अभाव, बजेटका अभाव हुन नदिन पनि त्रिवि पदाधिकारीले सरकार समक्ष ठोस प्रश्ताव राख्नुपर्ने बताउनु भयो ।

सांसद श्रेष्ठले भन्नुभयो, ‘विद्यार्थीहरुले काम पाएकी पाएनन । करिकुलम कहिले रिभाईज गर्नुभयो । सम्बन्धन दिने तर दरबन्दी नदिने सम्म भन्नुभयो । कति चाहियो दरबन्दी ? त्यसको पनि ठोस प्रस्ताव आउनु प¥यो नि । यसमा के प्लान छ ? पूर्वाधार विकासका लागि कति बजेट चाहियो ? त्यो पनि भन्नुप¥यो ।’

सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले दिने शिक्षा रोजगारमुलक हुनुपर्नेमा पनि जोड दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);