काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा मल्ल भावुक भएका थिए ।
राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’ मल्लले भने ।
ज्ञानेन्द्रले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग अन्तिम खेल खेलेका हुन् ।
ज्ञानेन्द्रले नेपालका लागि ७७ वटा लिस्ट ए खेलमा १ हजार ८०२ रन बनाएका छन् ।




