काठमाडौं, १९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ निकै दुख गरेर धरानमा झारेको पानीमा दिसामा पाइने जिवाणु कोलीफर्म भेटिएपछि उनी चिन्तामा परेका छन् ।
धरानमा हाल वितरण भइरहेको खानेपानीमा कोलीर्फम भेटिएको इटहरीस्थित नेपाल सरकार खानेपानी मन्त्रालय पानीको गुणस्तर परिक्षण प्रयोगशालाले पत्ता लगाएको हो ।
पानीमा कोलीर्फम भेटिएको प्रतिवेदन मन्त्रालयले दिएको हो । सर्दु,लर्दुसहित ६ वटा मुहानको पानी शुद्धीकरण नगरी पिउन नहुने कोलीर्फमयुक्त प्रदुषित पाइएको जनाइएको छ ।
धरानमा मेयर साम्पाङले भालु खोला,सर्दु,लर्दु निसासने र कोकाहबाट पानी ल्याउका छन् ।




