एजेन्सी,७ साउन । पूजापाठ नियम शंखलाई हिन्दू धर्ममा अति पवित्र र शुभ मानिन्छ। पौराणिक मान्यताका अनुसार शंखको उत्पत्ति समुन्द्र मन्थनको समयमा भएको हो । समुद्र मन्थनबाट निस्केका १४ रत्नमध्ये छैटौं शंख थियो । हिन्दू धर्ममा शुभ कार्य, विवाह, धार्मिक अनुष्ठान र दैनिक पूजाआजामा शंख बजाउने नियम छ । यसले धेरै फाइदा दिन्छ।
प्रत्येक व्यक्तिले आ–आफ्नो भक्ति अनुसार भगवानको पूजा गर्छ । आराधना भनेको परमेश्वरलाई आदर गर्ने तरिका हो । यसले घरमा सकारात्मक उर्जा कायम राख्छ । साथै व्यक्ति र उनको परिवारले भगवानको आशीर्वाद प्राप्त गर्दछ। त्यसैगरी पुजाका बेला शंख बजाउने चलन सदियौंदेखि चलिआएको छ । यसको धार्मिक महत्व मात्र नभएर भौतिक फाइदा पनि छ ।
हिन्दू संस्कृतिमा पूजा गर्दा शंख बजाउने नियम रहेको छ । आरतीको समयमा शंख बजाइन्छ किनभने शंख ध्वनिको प्रतीक हो। शंखनाद ध्वनिको रूपमा देवतालाई हाम्रो शब्दहरू बताउन गरिन्छ। शंख बजाउँदा वातावरण भक्तिमय हुन्छ। यसबाट निस्कने आवाजबाट विशेष ऊर्जा प्राप्त हुन्छ। पूजापछि नियमित रूपमा शंख बजाउनाले घरको नकारात्मक ऊर्जा हटेर घरेलु संकटबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।
यस्ता छन् शारीरिक फाइदाहरु
शंख बजाएर धेरै प्रकारका फोक्सोको रोग निको हुन्छ । दैनिक शंख बजाउँदा फोक्सो बलियो हुन्छ । आयुर्वेदका अनुसार शंख बजाउँदा दम, खोकी, प्लीहा, कलेजो र इन्फ्लुएन्जा नामक रोग निको हुन्छ । यसले मृगौला र जननांगहरूमा पनि राम्रो प्रभाव पार्छ। शंखबाट निस्कने ओमको ध्वनीले मानसिक रोगबाट मुक्ति मिल्छ भन्ने शास्त्रमा भनिएको छ । यससँगै कुण्डलिनी जागरणको शक्ति पनि विकसित हुन्छ।