केएमसीले ल्यायो नेपालमै पहिलो पटक ‘रोर्बोटिक न्यूरो सर्जिकल माइक्रोस्कोप’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

केएमसीले ल्यायो नेपालमै पहिलो पटक ‘रोर्बोटिक न्यूरो सर्जिकल माइक्रोस्कोप’

काठमाडौं । सीनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलोपटक ‘रोर्बोटिक न्यूरो सर्जिकल माइक्रोस्कोप’ प्रयोगमा ल्याएको छ ।

केहि महिना अघि मात्र मेसिन नेपाल भित्राएको केएमसीको न्यूरो सर्जरी विभागले असार देखिनै यो मेसिन प्रयोगमा ल्याएको हो ।

डिजिटल र अस्टिकल भिजुअलाइजेशनको संयोजन गर्ने यस मेसिनले मानव शरिर भित्र उच्च परिशुद्धता र सुरक्षीत शल्य चिकित्सा उपचार प्रदान गर्ने केएमसीका न्यूरोसर्जरी विभागका प्रमुख प्रा। डा। अमित थापाले जानकारी दिए ।

पूर्ण रूपमा एकिकृत ‘फोर के’ क्यामेरा टेक्नोलोजी र इन्फ्रारेड ८००, फ्लो ८०० र येलो ५६० जस्ता फिल्टरहरूसँग, यसले भास्कुलर र ट्युमर शल्यक्रियामा धेरै उत्कृष्ट परिणाम दिने दाबी गरिएको छ ।

यसबाट मानव शरिरको मुख्यतः टाउकोमा भएको ट्युमरको उपचार पनि सजिलो तरिकाबाट हुने अस्पतालका एक चिकित्सकले जानकारी दिए । यो स्वास्थ्य क्षेत्रको आधुनिक वैज्ञानिक उपकरण भएको अस्पतालको दाबी छ ।

यसबाट चिकित्सकहरुले अत्याधुनिक मेसिनबाट समेत पत्ता लगाउन नसकेका कुरालाई सहज माध्यमबाट पत्ता लगाउन सकिने बताइएको छ ।

न्यूरोसर्जरी विभागले प्राविधिक विकासको मद्दतले धेरै नयाँ प्रक्रियाहरू प्रदान गरेको छ । टाउको नखोलेर सानो प्वाल मार्फत सर्जरी गर्ने, एन्डोस्कोपिक स्पाइन सर्जरी जसबाट दूरबीन को प्रयोगले धाड म नशा चापिएको खोल्ने वा स्क्रुले चिपलेको हाड लाए आफ्नो ठाऊमा मिलाउने गरिन्छ, एन्डोस्कोपिक हेमाटोमा एवयूकेशन जसबाट दूरबीन को प्रयोगले प्वाल मार्फत टाउको भित्र जमेको रक्त लाई निकालने, ब्रेकियल प्लेक्सस सर्जरी, रोबोटिक सर्जरी र नवजात शिशुको न्यूरो सर्जरी गरिने गरिएको छ ।

नेपालमा कुनै पनि केन्द्रले रोबोटिक माइक्रोस्कोप प्रयोग गर्न थालेको यो पहिलो पटक हो । काठमाडौं मेडिकल कलेजले यसअघि पनि बिभिन्न अत्याधुनिक मेसिनको प्रयोगमा सेवा दिइरहेको संघिय सांसद समेत रहेका अस्पतालका पूर्व अध्यक्ष डा।सुनिल शर्माले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);