वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छः मन्त्री भण्डारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

वैदेशिक रोजगारीलाई नै देश विकासको आधार मान्नुपर्ने अवस्था छः मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताउनु भयो ।

उहाँले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताउनु भयो । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले श्रमिकहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउनका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कामहरु अगाडी बढाएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);