सम्बन्धित देशको भाषा, सीप र ज्ञान प्रदान गरेर मात्रै श्रमिक विदेश पठाउँछौँः मन्त्री भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सम्बन्धित देशको भाषा, सीप र ज्ञान प्रदान गरेर मात्रै श्रमिक विदेश पठाउँछौँः मन्त्री भण्डारी

काठमाडौं, २६ पुस ||
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा, सीप र आवश्यक ज्ञान प्रदान गरेर मात्रै श्रमिक विदेश पठाउने गरी सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै श्रममन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपाली श्रमिकहरुलाई सरकारले न्युनतम सम्बन्धित देशको भाषा र सीप सिकाएर पठाउन विभिन्न देशका राजदुतहरु,एनआरएन तथा एजेन्सीहरुले आग्रह गरिरहेकाले त्यही आग्रहअनुसार सरकारले तयारी गरिहरको बताउनु भयो। उहाँले भाषा, सीप र आवश्यक बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा विचौलियाको भुमिका अन्त्यका निम्ति आफूहरूले काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले मेलेसिया लगायत खाडी मुलुकमा श्रमिकलाई फ्रि भिसा फ्रि टिकटमा पठाउन नसकिने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा पठाउने सरकार वा एजेन्सी दुवैले लागत लगाउनुपर्ने भएकाले फ्रि भिसा फ्रि टिकटमा पठाउन नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले विदेश पठाउने सेवा प्रदायकले व्यहोर्दा मात्रै श्रमिकलाई शुन्य लागत लाग्ने अवस्था रहेको बताउनु भयो । उहाँले ९ लाख नेपाली श्रमिक मलेसिया भएपनि अहिलेसम्म १५ हजार मात्रै फ्रि भिसामा गएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);