जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयहरु यथावत रहने भएका छन् ।

बजेट पारित गर्नुअघि बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु यथावत् रहने जानकारी गराउनुभएको हो ।

उहाँले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यको अनुसूचि १६ को खण्ड (क) को क्रमसंख्या १० मा रहेको प्रावधान हटाएर हाल कायम रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी हाल कायम रहेको व्यवस्थालाई नै यथावत राखिने बताउनुभएको हो । उहाँले जिल्लामा निर्वाचन कार्यालय रहँदा नै निर्वाचन आयोगको काम स्वतन्त्र हुने कुराको सुनिश्चित हुने बताउनु भयो ।

अर्थमन्त्री महतले सो कुरा सरकारको तर्फबाट संसदलाई लिखित जानकारी गराएको पनि सभामुख देवराज घिमिरेले बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);