स्वास्थ्य परीक्षणका लागि ओली आज थाइल्याण्ड जाँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

स्वास्थ्य परीक्षणका लागि ओली आज थाइल्याण्ड जाँदै

kp oli

काठमाडौं, २६ पुष । नियमित स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली आज थाइल्याण्डको बैंकक जाँदै, माघ २ गते स्वदेश फर्कने कार्यतालिका

अध्यक्ष ओली दिउँसो साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने तयारी भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओलीले बैंककमा रहेको वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ ।

ओलीका साथमा श्रीमती राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सक समेत बैकक जाने तय भएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जाने गर्नुभएको छ । चुनाव अघि नै स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सल्लाह भए पनि चुनावको व्यस्तताले उहाँले स्वास्थ्य परीक्षण गराउनुभएको थिएन ।

ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको एमाले सचिव ज्ञवालीले जानकारी दिनुभयो ।