काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताउनुभएको छ ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताउनुभएको हो । उहाँले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताउनु भयो । उहाँले उहाँले आफूहरु देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हाम्रो पाँचवटा उद्देश्य हो । हामी राष्ट्रवादी हौँ । बहुदलिय प्रजातन्त्रप्रति हामी एकदम कटिवद्ध छौँ । हामी उदारवाद, यो मुलुक एउटा उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौँ । साथसाथै यो मुलुक हिन्दु पनि हुनुपर्छ । बढी गौरवशाली श्रीपेच भयो भने राम्रो हुन्छ । आशा गरौँ । आशा जहिलेपनि जागृत रहनुपर्छ । मान्छे आशा नभएर अगाडी बढ्न सक्दैन । यो आशा हामीसँग जीवित छ ।’
उहाँले राप्रपासँग विचार मिल्नेहरुसँग मिलेर अगाडी बढ्ने सम्बन्धमा पनि सोचिरहेको बताउनु भयो ।