पीडितको आक्रोश: न्याय दिलाउने कि झुलाउने मात्रै | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

पीडितको आक्रोश: न्याय दिलाउने कि झुलाउने मात्रै

pidit

जनकपुर,२६ पुष । हलभरि आक्रोश गुञ्जिरह्यो  लहरै बसेका वेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले पीडितका आक्रोशयुक्त पीडा सुनिरहे।

कार्यक्रम गरेर चियाभत्ता र खाजा खाँदैमा सकिने हो तपाईहरुको काम मल्लिकलाई लक्षित गर्दै द्वन्द्वपीडित तारादेवी महतोले आक्रोश पोखिन्,  हामीलाई न्याय पनि दिलाउनुहुन्छ कि यसरी कहिलेसम्म कुराउनुहुन्छु तारादेवी राज्य पक्षबाट पति मारिएपछि एकल जीवन बाँचिरहेकी छन्।

संक्रमणकालीन न्याय संयन्त्रको व्यवस्थापन गर्न बनेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगको म्याद एक वर्ष थप्न सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेका बेला प्रदेश २ का पीडित सोमबार अधिकारवादी र आयुक्तहरुसमक्ष सामूहिक आक्रोश र वेदना पोखिरहेका थिए। मेरो भाइ अहिलेसम्म कहाँ छ अत्तोपत्तो छैन, पत्रपत्रिकामा भनिएअनुसार उसको हत्या भइसकेको छु अर्का पीडित श्रीनारायण प्रतिहस्त बोले  न उसको लाल पाएँ न सास, यस्तो अन्योलमा हामी अझै कति दिन बाँचिरहने ।

मानव अधिकार आयोगले सत्य निरुपण र बेपत्ता दुई आयोगका पदाधिकारीलाई पीडितका अघिल्लतिर राखेर सार्वजनिक सुनुवाई गर्ने क्रममा जनकपुरमा प्रदेश २ का पीडित भेला भएर आक्रोश पोखे। आजको कान्तिपुरमा खबर छ ।