शरणार्थी प्रकरणः प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

शरणार्थी प्रकरणः प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको पक्षमा गत बुधबारदेखि भइरहेको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएको छैन ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा गत बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन् । अभियुक्तहरुको पक्षमा प्रतिरक्षा बहस गर्न नाम टिपाएका वकिलको संख्या सयभन्दा माथि थियो । न्यायाधीश न्यौपानेले सोमबार र मंगलबार पनि प्रतिरक्षा बहस बुधबारभित्र सकिसक्न आग्रह गर्नुभएको थियो । बुधबारसम्म प्रतिरक्षा बहस सकाएर बिहीबार सरकारी वकिलहरुबाट जवाफी बहस गराउने न्यौपानेको तयारी थियो । तर बुधबारसम्मको बहसमा अझै तीन अभियुक्तको पक्षमा वकिलहरुले बोल्न बाँकी रह्यो ।

प्रतिरक्षा बहसको बुधबार एकसाता पुगेका दिन पूर्वगृहमन्त्री बालकृष्ण खाण र हज कमिटीका अध्यक्ष शमशेर मियाँको पक्षमा वकिलहरुले बहस गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा मुछिएका भीआईपीमध्ये एक पूर्वगृहमन्त्री खाँणको पक्षमा मंगलबार र बुधबार भेट्रान वकिलहरुले प्रतिरक्षा बहस गरेका छन् । खाँणको पक्षमा बुधबार बिहानदेखि पाँचजनाले वकिलले बहस गरेका थिए । वरिष्ठ अधिवक्ताहरु लललितकुमार बस्नेत, रमन श्रेष्ठ, गोपालाकृष्ण घिमिरे, खम्मबहादुर खाती र अधिवक्ता सुरेन्द्र महतोले खाँणको पक्षमा बहस गर्नुभयो ।

बहसका क्रममा नेपाल बार एसोसियसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता घिमिरेलेले नक्कली शरणार्थी प्रकरणका बिचौलियाले खाँणलाई पैसा दिएको प्रमाण कहीँ नभएको जिकिर गर्नुभयो । त्यसैगरी पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता खम्म खातीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता खाँण निर्दोष रहेको तर्क गर्नुभयो ।

बुधबार बालकृष्णको बहस सकिएपछि वकिलहरुले हज कमिटी अध्यक्ष शमशेर मियाँको पक्षमा प्रतिरक्षा गरे । त्यसपछि नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाको पक्षमा बुधबार अपरान्ह केही बहस भयो । तर उहाँको पक्षमा आधा बहस भइसकेपछि बुधबारलाई न्यायाधीश न्यौपानेले इजलास उठेको जानकारी दिनुभयो । अब बिहीबार आङटावाको पक्षमा बहस सकिएपछि । अन्य तीन अभियुक्ताहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जन तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पक्षमा बहस हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);