मच्छिन्द्रद्वारा मनाङ पराजित, संकटा र एनआटी बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

मच्छिन्द्रद्वारा मनाङ पराजित, संकटा र एनआटी बराबरीमा

काठमाडौं, २८ जेठ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई ३–१ गोल अन्तरले हराएको हो ।

मच्छिन्द्रले एक गोलको अग्रता उल्टाएर जित दर्ता गरेको हो । मछिन्द्रको जितमा आफिज ओलावाले दुई र विमल घर्ति मगरले एक एक गोल गरे मनाङका विजया श्रेष्ठले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा विजयाले गोल गर्दै सुरुआती अग्रता दिलाएपनि मच्छिन्द्रले पुनरागमन जित हात पारेको हो । जितसँगै लिगको उपविजेता मछिन्द्रले सिजनको सुखद अन्त्य गरेको छ ।

मच्छिन्द्रले २६ खेलमा ४५ अंक जोड्यो । मनाङले भने हारबाट सिजनको अन्त्य गरेको छ । मनाङले २६ खेलमा ३२ अंक जोड्यो । शनिबार नै संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा संकटा र एनआरटीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलमा संकटाका नेल्शन कोनफरले र एनआरटीका बिक्रम धिमालले गोल गरे ।

बराबरीसँगै लिगका सबै २६ खेलमा संकटाले २६ र एनआरटीले ३४ अंक जोडेका छन् । यसैगरी अर्को खेलमा थ्री स्टारले एपीएफलाई पराजित गर्यो । जितसँगै थ्रीस्टार रेलिगेसनबाट जोगिएको छ । २०६२ सालबाट ’ए’ लिग खेलिरहेको एपीएफ पहिलो पटक ’बी’ डिभिजनमा घटुवा भएको छ ।

Leave a Reply

ताजा समाचार