रियल म्याड्रिड सबैभन्दा मूल्यवान क्लब | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

रियल म्याड्रिड सबैभन्दा मूल्यवान क्लब

एजेन्सी । स्पेनको रियल म्याड्रिड सबैभन्दा मूल्यवान क्लब बनेको छ ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार ला लिगा क्लब रियल म्याड्रिड सबैभन्दा मूल्यवान फुटबल क्लब बनेको हो । फोर्ब्सको तथ्यांकअनुसार रियलको मूल्य ६ दशमलव सुन्य ७ बिलियन अमेरिकी डलर रहेको छ । रियल म्याड्रिडपछि इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ ।

युनाईटेडको मूल्य ६ बिलियन अमेरिकी डलर रहेको छ । तेस्रो स्थानको स्पेनिस क्लब बार्सिलोनाको मूल्य ५.५१ बिलियन अमेरिकी डलर रहेको फोब्र्स म्यागजिनको तथ्यांक छ । सबैभन्दा मुल्यवान क्लबको सूचीको शीर्ष १० मा प्रिमियर लिग क्लबको वर्चश्व रहेको छ । चौंथो स्थानमा लिभरपुल र पाँचौं स्थानमा म्यानचेस्टर सिटी रहेका छन् । जर्मनीको बायर्न म्युनिख छैटौ ।

मुल्यवान क्लबको सातौं स्थानमा फ्रान्सको पेरिस सेन्ट–जर्मेन तथा इंग्ल्याण्डका चेल्सी आठौं टोटेनहम नवौं र आर्सनल दशौ स्थानमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);