कस्तो रहँला आजको मौसम ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

कस्तो रहँला आजको मौसम !

काठमाडौं, १६ जेठ । नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन चटयाड सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply