काठमाडौं, १५ जेठ । नेपाल सरकारले आज आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दैछ ।
अपरान्ह ४ बजे अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री महतले संघीय संसदका दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।