संघीय ढाँचा अनुसारको कानुन नबनेसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई नयाँ इजाजत नदिन संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

संघीय ढाँचा अनुसारको कानुन नबनेसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई नयाँ इजाजत नदिन संसदीय समितिको निर्देशन

३१ बैशाख, काठमाडौं । संघीय ढाँचा अनुसारको कानुन निर्माण नभएसम्म बैदेशिक रोजगार कम्पनीहरुलाई कामदार पठाउने इजाजत नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम तथा रोजगार मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । बैठकले अदालतले फैसला गरेका बाहेकका बैदेशिक रोजगार कम्पनीलाई कामदार पठाउने इजाजत नदिन पनि सरकारलाई पुनः सचेत गराएको छ ।

बैठकले बैदेशिक रोजगारीमा जानेहरुमाथि बैदेशिक रोजगार कम्पनीहरुबाट ठगिने क्रम नरोकिएको भन्दै प्रभावकारी अनुगमनको व्यबस्था गर्न र दोषीलाई कारवाही गर्न समेत निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्यहरुले बिभिन्न नीति आएपनि वैदेशिक रोजगारमा जाने नेपाली माथि ठगिने क्रम नरोकिएको भन्दै आपत्ती जनाएका थिए  । श्रम तथा रोजगार मन्त्रालयका पदाधिकारीहरुले विदेशमा नेपालीले भोग्नुपरेको पीडा प्रति सरकार सचेत रहेको धारणा राखेका थिए ।

Leave a Reply