काठमाडौं, ४ जेठ । नेपाली बजारमा आज पहेलो धातुको मुल्य घटेको छ । आज चाँदीको मुल्य भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मुल्य बिहीबार १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मुल्य १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी,चाँदीको मुल्य भने आज स्थिर छ । चाँदीको मुल्य आज प्रतितोला १३ सय ७० रुपैयाँ खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।