काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले डिल्ली बजारस्थित कारागारमा केन्द्रीय पदाधिकारीको बैठक बेलाएको छ ।
बैठकमा रेशम चौधरीको सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसलाको सम्बन्धमा छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई मंगलबार सदर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो ।