रेशम चौधरीको मुद्दामा आज पनि बहस हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

रेशम चौधरीको मुद्दामा आज पनि बहस हुने

काठमाडौं, २ जेठ । टीकापुर घटनासम्बन्धि मुद्दामा आज पनि सुनुवाई हुने भएको छ । सरकारले टीकापुर हत्याकाण्डमा उच्च अदालतबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीसहितविरुद्धको सो मुद्दा सोमबार हेर्दाहेर्दैमा राखिएको थियो ।
सोमबार न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा चौधरीविरुद्धको मुद्दामा बहस नसकेपनि हेर्दाहेर्दैमा राखिएको हो ।

०७२ भदौ ७ गते कैलालीको टीकापुर नगरपालिकामा आठ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डका दोषी रेशमलाई रिहा गर्न उनीविरुद्धको मुद्दा फिर्ता गर्न मिल्ने गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको हो ।

सरकारले विभिन्न कालखण्डमा हिंसात्मक क्रियाकलाप गरिरहेका समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन सरकारसँग सम्झौता गरिसकेको भए नेपाल सरकार बादी भएर चलाइएका मुद्दा फिर्ता लिन मिल्ने गरी कानुन संशोधनको तयारी गरेको हो । रेशमको मुद्दा फिर्ता गर्नका लागि सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा संशोधन गर्न लागेको हो ।

सरकारले यो विधेयक खासगरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमसहित जेलमा रहेका थरुहट कार्यकर्ता र केही समय भूमिगत भएर खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लक्षित गरेर ल्याउने तयारी गरेको हो । टीकापुरसहित थरुहट आन्दोलनका क्रममा कर्तव्य ज्यानसहितका मुद्दामा रेशमसहितका नेता कार्यकर्ता अझै जेलमा छन् ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सम्झौता गरेर खुला राजनीतिमा आएको विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्ता अझै पनि जेलमा छन् । उनीहरुलाई पनि छुटाउन मुद्दा फिर्ता लिन मिल्नेगरी सरकारले यो विधेयक अघि बढाएको हो । रेशम संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी अहिले सत्ता गठबन्धनमा छ । नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी संघीय सरकारमा भूमि व्यवस्था मन्त्री हुनुहुन्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);